यस्तो छ आजको विनिमय दर

माधव नेपालले गरेको गद्धारी र अदालतको फैसला गिनिज बुकमै लेखिनेछ : अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतामा आउन आफ्ना सवै नेताहरुलाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) को जारी केन्द्र्रीय कमिटीकोे बैठकमा बोल्दै उहाँले भन्नुभयो,–‘म यो अन्तिम क्षणमा साथीहरुलाई भन्छु पार्टी एकतमा आउनुहोस्, नत्र भोलि पुस्पलाल स्मृति दिबसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बस्छ र उचित निर्णय गर्छ्।’ उहाँले आफुसँग कुनै आग्रह नभएको बताउँदै अझै एकताको मोही मथिरहेको बताउनुभयो । ‘सकभर उतालागेका सबैलाई आफ्नो राजनैतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु ।’ ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एमालेको बिभाजन गर्न अर्को पक्षलाई मिल्नेगरिको अध्यादेश ल्याउँछु, राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउँछु जस्ता असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाइ चेतावनी दिनुभयो । 

प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन अदालतको फैसला भएको उहाँको भनाइ थियो । समयमै पलाएको एजेरु उखेल्न नसक्नु ठुलो कमजोरी भएको  उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘माउसुलिले कहिले काँहि पुच्छर फालदिन्छ्, त्यो कारण उ आत्तिदैन किनकि पुच्छर तुरुन्तै पलाउछ्। अहिले  पुच्छर फाल्नु परेपनि तयार हुनु पर्ने बेला आएको छ्। नत्र विरोधी गोमन सर्प जसरी फडा फिजाएर आएका थिए देखियो र राजपाको साथ लिएर कम्युनिष्ट सरकार बचाए  उहाँले भन्नुभयो । अध्यक्ष ओलीले माधव नेपालले गरेको गल्ती विश्व रेकर्डमा रहने बताउनुभयो । 

उहाँले भन्नुभयो ‘ माधब नेपालले गरेको गद्धारी गिनिज बुकमै लेखिने छ, अनि अदालतको फैसला पनि संसारमै नयाँ रेकर्ड रहनेछ्।’ अध्यक्ष ओलीले महाभारतको युद्धमा कृष्णले युद्धको अन्तिम दिन सम्म पनि नमानेर समाप्त भएको कथा स्मरण गर्नुभएको एमालेका पुर्व मन्त्री महेश बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ५६ बजे