काठमाडौं । काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले काग्रेंस पार्टी ‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको भन्दै राजीनामा दिन लागेको बताएका छन् । बुधबार उनले सांसद पदबाटै राजीनामा दिने घोषणासमेत गरे । सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताए । ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको उनले आरोप लगाए ।
उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन लागेको बताए । त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने बताए ।
सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।
प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ५ : ५७ बजे
प्रतिक्रिया