रवि लामिछानेको आजको बयान सकियो

जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

सरकारद्वारा उखुको मूल्य निर्धारण

थप २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप२ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १२ हजार ६१६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ४७५ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २६ हजार ८३२ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ३० जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ६३७  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ४३ बजे