यस्तो छ आजको विनिमय दर

मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको बैठक केहीबरमा बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको संगठनात्मकलगायत सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र समसामायीक राजनीतिक विषयमा छलफल हुने प्रमुख सचेतक देव गुरुङ्गले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएकोले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुबारे पनि निर्णय हुने उहाँले बताउनुभयो । अहिले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रबाट दुई जना मात्रै मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री हुनुहुन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : १० बजे