यस्तो छ आजको विनिमय दर

फास्टट्रयाक विधिबाट काम गर्दै स्वरोजगार कोष, एकै दिन ८० वटा कर्जा लगानीका फाईल स्वीकृत

काठमाडौं । युवा तथा साना व्यवशायी स्वरोजगार कोष यतिबेला युवाहरुमा व्यवशायीक कर्जा लगानीमा आक्रामक योजना सहित लागिपरेको छ ।
आर्थिक वर्ष २०७७र ०७८ भित्र स्वीकृत सहकारीहरुसँग कर्जा प्रवाहका लागि धमाधम सम्झौता भईरहेका छन् भने साझेदारी कार्यक्रम अन्तर्गत पनि सम्झौताहरु अघि बढीरहेको कोषले जनाएको छ । कोषले कर्जा प्रवाहका लागि असार मसान्त सम्म सहकारी तथा वित्तिय संस्थालाई आवेदन दिन समय दिएको थियो ।

कोषबाट रिण आवेदन लिएर सँयौँ सहकारी कोषमा आएका छन् । त्यसरी आएका सहकारीको अनुगमन गरी कर्जा प्रवाहका लागि प्रकृया पुगेकाहरुको फाईल स्वीकृत गर्ने कार्य भईरहेको छ । आज एकै दिन उदयपुरका मात्रै नियमिततर्फ १७ वटा सहकारी र साझेदारी कार्यक्रम अन्तरगतका ९ वटाको फाईल स्वीकृत गरिएको छ भने आजै अन्य प्रदेश र जिल्लाका गरी ८० वटा बढी सहकारी तथा साझेदार संस्थासँगको रिण सम्झौताको फायल स्वीकृत भएको कोषका उपाध्यक्ष डा.देवराज रोका कल्याणले जानकारी दिए ।

६५ सालमा स्थापना भए पनि उल्लेख्य प्रगति गर्न नसकि नियमावलीको भरमा मात्रै चलेको कोष झण्डै बन्द हुने स्थितिमा थियो । तर डा. रोका आएसँगै कोषले नयाँ गति लिएको देखिएको छ ।

यो बर्ष कोशी ईकोनोमिक करिडोर स्वरोजगार कार्यक्रम, तराई मधेश स्वरोजगार कार्यक्रम, भेरीकर्णाली ईकोनोमिक करिडोर स्वरोजगार कार्यक्रम लगायतका बिशेष कार्यक्रम नै बनाएर उत्पादन तथा व्यवशायमा आधारीत रहेका रिण लगानी बढाउने लक्ष्य राखिएको छ । उपाध्यक्ष डा. रोकाले आफै साँझ सम्म बसेर सहकारीको आवेदनको अध्ययन, सहकारीका सञ्चालकसँगको सम्पक र अवस्थाको जानकारी लिएर फायल स्वीकृत गर्ने कार्य गरीरहेका छन् । कोष स्थापना देखि हाल सम्म ८५ हजार युवाहरु स्वरोजगार बन्न सफल भएका छन् भने यो परियोजनाका लागि कोषले अर्बौ लगानी गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १० : ५७ बजे