दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

 कैलालीमा आजदेखि लामो दुरीका सवारी साधन सञ्चालनमा 

​​​​​​धनगढी  । कैलालीमा आजदेदेखि लामो दुरीका सार्वजनिक यातायातका सवारी साधन संचालनमा आएका छन् । 

कोरोना महामारीले उत्पन्न संकटका बिच अढाई महिनाभन्दा बढी समयदेखि बन्द रहेका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा हुन् । 

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले त्रिभुवन विश्व विधालय, लोकसेवा आयोग लगायतका निकायबाट परिक्षाको कार्यक्रम सार्वजनिक भएकाले परिक्षार्थीको आवागमनलाई दृष्ट्रिगत गरि जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्दै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात संचालन गर्न अनुमित दिइएको बताउनुभयो ।

कैलाली जिल्ला भित्र यस अघि नै सार्वजनिक यातायातका साधन संचालन भईरहेका छन् । स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई खुकुलो बनाउदै साउन ११ गतेसम्म निरन्तरता दिएको छ ।
 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १० : ४२ बजे