यस्तो छ आजको विनिमय दर

खुमलटार पुगेर देउवाले झलनाथलाई भने, ‘उपचार खर्च सरकारले व्योहोर्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाटै दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी प्रधानमन्त्री देउवाले उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन् ।

मन्त्रीको भागबण्डा र सरकार सञ्चालनका बिषयमा छलफल गर्न देउवा प्रचण्ड निवास खृुमलटार पुगेका थिए । सोही क्रममा पूर्व प्रधानमन्त्री खनालसंग टेलिफोन संवाद गरी देउवाले उपचार खर्च सरकारले गर्ने आश्वासन दिएका हुन । खनाल केही हप्तादेखि दिल्लीमा उपचाररत छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : १७ बजे