यस्तो छ आजको विनिमय दर

माधव नेपाल र प्रचण्ड शेरबहादुर देउवाका पुच्छर हुन : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्‍नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) शेरबहादुर देउवाका पुच्छर भएका टिप्पणी गर्नुभएको छ ।

आज नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा नेता बस्नेतले भन्नुभयो, ‘गाई भैंसी चराउन जाँदा झिंगाले टोक्छ अनि प्याट्ट हान्छ, त्यो पुच्छर त्यति अमर्यादित हुन्छ, त्यसको काम झिंगा मार्ने हो, आज प्रचण्ड र माधव शेरबहादुर देउवाको झिंगा मार्ने अभियानमा हिँडिरहेका छन् ।’

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन माधव प्रचण्डहरू कांग्रेसको पुच्छर बनेका नेता बस्नेतको आरोप छ । उहाँले एमालेका केही नेताहरू मन्त्री र फ्लाइट पाइने लोभमा कांग्रेसको पछि लागेका समेत बताउनुभयो । पार्टीभित्र गद्दारी गर्नेहरूले संविधान बचाउन र सदन जोगाउन देउवालाई मत दिएको बताउनु गलत भएको उहाँको भनाइ छ ।

‘कमरेड केपी शर्मा ओली ज्यूले विश्वासको मत मागिरहँदा संविधान र संसद् बचाउने साथीहरूले केपी ओलीलाई भोट हाल्ने हिम्मत गर्नुभएन ? एमालेलाई भोट हालेर संविधान र संसद् बचाउँदा के हुन्थ्यो ? पार्टीको ह्वीपविरुद्ध किन कांग्रेसमा भोट हाल्नुभयो ? देशीविदेशी शक्तिको साँढगाँढमा अन्य पार्टीको षड्यन्त्रमा किन काम गर्नुभयो ?’ नेता बस्नेतले प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : ०० बजे