यस्तो छ आजको विनिमय दर

जसपाको संसदीय दलको विधान पारित , सरकारमा सहभागी हुनेको नाम अर्को बैठकमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौराशियाले जानकारी दिनुभएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति थियोे । दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ३ : १५ बजे