मन्त्रीको नामावली लिएर प्रचण्ड बालुवाटारमा

काठमाडौं– मन्त्रिपरिषद विस्तारबारे सत्तारुढ गठबन्धनका नेता माधवकुमार नेपालसँग भेट गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । सरकारमा आफनो पार्टीका तर्फबाट मन्त्री पठाउनेको नामावली बारे दुई नेताबीच छलफल भएपछि प्रचण्ड कोटेश्वरबाट सिधै  बालुवाटार पुग्नुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

मंगलबार बिहान प्रचण्ड र माधव नेपालबीच करिव पौने घण्टा छलफल भएको थियो । कांग्रेसको नेतृत्वमा माओवादी सरकारमा गइसकेको छ ।

जसपा र एमालेको माधव नेपाल पक्ष पनि सरकारमा सहभागी हुने तयारी गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : ५८ बजे