काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन् ।
बिहान नेपाल निवास पुगेका प्रचण्डले आधाघण्टा बढी नेपालसँग भेटवार्ता गरेको स्रोतले बताएको छ। प्रचण्ड बाहिरिएपछि उपेन्द्र यादव नेपाल निवास प्रवेश गरेका थिए ।
मन्त्रिमण्डल विस्तारको सम्बन्धमा छलफल गर्न उनीहरुबीच भेटवार्ता भएको बताइएको छ ।
प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार ९ : ५७ बजे
प्रतिक्रिया