‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एकैदिन तीन हजार ४४२ कोरोना सङ्क्रमित थपिए, १९ को मृत्यु

काठमाडौं। नेपालमा कोरोनाभाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३४४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टाभित्रमा सात जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । सोही अबधिमा १२ जना थप सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : २२ बजे