एमाले स्थायी कमिटी बैठक बालकोटमा बस्दै

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक बालकोटमा बस्दैछ । आजको स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गरी भोलिको बैठकका लागि कार्यसूची तय हुने एमालेले जनाएको छ ।

केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदसँग स्पष्टीकरण सोधेको छ । स्थायी कमिटी बैठकमा २४ घण्टे स्पष्टीकरणपछि उनीहरूमाथि कस्तो कारबाही गर्ने भन्ने बारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : २४ बजे