साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

आजदेखि जोन्सन एन्ड जोन्सनको कोरोना खोप लगाइँदै

काठमाडौं ।  कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाबाट नेपाललाई अनुदानमा प्राप्त जोनसन एण्ड जोनसन कम्पनीको कोरोना विरुद्धको खोप आजदेखि लगाइदै छ ।

खोप पुग्न बाँकी रहेका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।

काठमाडौं उपत्यकामा भने  ४४ वटा खोप केन्द्रबाट आजदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको गरिएको छ।

मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आज देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र त्यस क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको समेत मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ४१ बजे