एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा आज बिहान ११ः०० बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

उहाँले बैठक पार्टीको विधान महाधिवेशन, समसामयिक राजनीति, र पार्टीको ह्विप विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदका बारेमा लगायत बिषयमा छलफल हुने बताउनुभयो ।  

एमालेले यही साउन २५ गते विधान महाधिवशेन गर्दै छ। 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : १२ बजे