प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्राप्त, पक्षमा १६५ विपक्षमा ८३ र तटस्थमा १ मत 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकले देउवालाई विश्वासको मत दिलाएको हो । विश्वासको मत लिन उहाँले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरेका छन । त्यस्तै विपक्षमा ८३ र तठस्थमा १ सांसद रहेका छन् ।

देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी, माधव नेपाल समुहसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिएपछि देउवाको पक्षमा बहुमत पुगेको हो ।

२ सय ७१ सदस्यीय प्रतिनिधिसभामा आज २४९ जना सांसदको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : १९ बजे