संस्थापन पक्षका यी दुई सासंदले देउवालाई दिए विश्वासको मत

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् । उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ५३ बजे