देउवा जनादेशबाट हैन परमादेशबाटै आएका प्रधानमन्त्री हुन् : ठाकुर 

काठमाडौं । जनता समाजवादीका अध्यक्ष महनत ठाकुरले प्रधानमनत्री सेरबहादुर देउवा जनमतबाट नभई परमादेशबाटै आएको बताउनुभएको छ । आज प्रतिनीधिसभामा बोल्नुहुँदै अध्यक्ष ठाकुरले बर्तमान संविधानकै कारण देशमा समस्या उत्पन्न भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘देउवा जीलाई हामी भोट त दिन्छौ तर उहाँ जनादेशबाट नभई परमादेशबाटै आएको प्रधानमन्त्री हो ।’उहाँले आफुहरुका माग पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्नुभएको बताउनुभयो । उहाँले नागरिकता विद्येयक रोकेर अदालतले नागरिकता विहिन नेपाली जनता माथि अन्याय गरेको बताउनुभयो । 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ५४ बजे