आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेपछि उनीहरुले समर्थन जनाएको एक सांसदले चक्रपथलाई बताएका छन् । 

 उनले भने देउवाले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ त्यसैले विश्वासको मत दिने निर्णय गरेका छौं ।’ संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको उनी निकट नेताहरुले बताएका छन् । यसअघि ठाकुरले केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्दै आएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : १० बजे