एमाले नेता भीम रावलले सांसद पदबाट दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले हतार हतार लिन लागेको विस्वासको मतप्रति असन्तुष्ट जनाउदै उहाँले राजिनामा दिने घोषणा गर्नुभएको हो ।  नयाँ बानेश्वरमा संसद् भवनमा गएर आफूले सभामुखसमक्ष राजीनामा बुझाउने सांसद रावलले बताउनुभयो ।

‘यस्तो अनैतिक खेलमा मेरो सहभागिता हुँदैन । म संसद् सचिवालयमा दर्ता गर्न आएको छु ।’  आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग भएन, देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा  दिएर आफु यो खेलबाट अलग भएको घोषणा गर्दैछु । मलाई साथीहरूले रोक्न खोजे पनि मेरो निर्णय हो यो ।’उहाँले भन्नुभयो ।

पुनःस्थापित संसदको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिदै हुनुहुन्छ ।

 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ०८ बजे