कांग्रेस पार्टी कार्यालयमा कांग्रेसकै नेताले सुरु गरे  अनशन

काठमाडौं । क्रियाशील सदस्यता वितरणमा धाँदली गरेको भन्दै नेपाली काग्रेंसको केन्द्रीय कार्यालयमा काग्रेंसकै नेताले अनशन सुरु गरेका छन्  । डा. चन्द्रमोहन यादवसहित नेपाली कांग्रेसका तीन नेता पार्टी कार्यालय, सानेपामा आमरण अनसनमा बस्नुभएको हो ।

धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको भन्दै डा. चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन सुरु गर्नुभएको हो । जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू गर्नुपर्ने माग राखेर उनीहरुले अनशन सुरु गरेका हुन् । 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ३९ बजे