भक्तपुर – सूर्यबिनायक नगरपालिका-८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार १ : ०४ बजे
प्रतिक्रिया