एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, माधव समूह आएन

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

बिहान ११ बजेदेखि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा एमालेको माधव नेपाल पक्षभने सहभागि भएको छैन । आजको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई समेत सहभागी गराउने प्रयास जारी राखिए पनि सम्भव नभएको एक नेताले बताए । स्थायी कमिटी बैठकले पार्टीको आगामी रणनीतिबारे छलफल गर्नेछ । बैठकले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषणका साथै भोलि देखि हुने केन्द्रीय कमिटीका बैठकका एजेण्डा तय गर्ने बुझिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : २३ बजे