‘एउटै नाउरको सिकार गर्न २३ लाख’

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा २५ रुपैयाँले गिरावट आएसँगै प्रतितोला १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : १२ बजे