‘एउटै नाउरको सिकार गर्न २३ लाख’

लक्ष्यभन्दा रु आठ करोड बढी राजश्व सङ्कलन

विराटनगर ।  आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७ /०७८ मा कूल रु आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ । 

सो अवधिमा रु आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा रु आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७/ ०७८ मा सङ्कलित राजश्वमा आयकर रु तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क रु दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ । 

सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ०१ बजे