कांग्रेस निर्वाचन समिति सदस्य खातीको राजीनामा स्वीकृत

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिनुभएको राजीनामा स्वीकृत गरिएको छ ।

उहाँ नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिनुभएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबारस्वीकृत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

प्रधानमन्त्री एवं सभापति देउवाले खातीलाई पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य पदमा रहेर पुर्याउनु भएको योगदानको सराहना गर्दै धन्यवाद दिनुभएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५७ बजे