प्रदेश २ मा माओवादीका दुई मन्त्रीले लिए शपथ

जनकपुरधाम । प्रदेश २ को मन्त्रीमण्डल माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिनुभएको छ । योसँगै आजबाट प्रदेश दुईमा नेकपा (माओवादी केन्द्र)  आजदेखि सत्तारूढ दल बनेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्णले शपथ लिनुभएको हो । प्रदेश प्रमुख डा। राजेश अहिराजले मंत्री साहलाई र मुख्यमंत्री लालबाबु राउतले राज्यमंत्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो ।  

सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमंत्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएको हुन्  ।
 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : ०२ बजे