‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड  । विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।  

चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

अमेरिकामा  ३३ करोड ५४ लाख ७४ हजार ३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  । जर्मनी ८ करोड ४९ लाख ८९ हजार ८५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  

बेलायतमा ८ करोड २३ लाख ९२ हजार १९४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । 

जापान ६ करोड ६७  लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा ६ करोड २४ लाख १२ हजार २३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली  ६ करोड  ५ लाख ७१ हजार ३४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । रासस ÷एएफपी

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १२ : १३ बजे