‘एउटै नाउरको सिकार गर्न २३ लाख’

हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख गिरफ्तार

पोर्ट औ प्रिन्स । हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ ।

हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उहाँलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा विभिन्न दृष्टीकोणबाट प्रश्नहरु गरेको जनाइएको छ ।

घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले गुप्तचर निकाय र अनुसन्धान निकायसँग समन्वय गरिरहेको पनि प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  

राष्ट्रपति मोइसको गत हप्ता निवासमै गोली प्रहार गरी हत्या भएको थियो । राष्ट्रपतिको हत्या गर्नेहरुले उहाँकी पत्नीलाई घाइते समेत बनाएका छन् । उहाँको अहिले अमेरिकी अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले घटनामा दोषी भएको आशंकामा २८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट विभिन्न प्रमाण र आधारहरु भेटिँदै गएको प्रहरीले जनाएको छ । 
रासस/एएनआई

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : १६ बजे