‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एक हप्ता कडा रूपमा बन्द गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाबाट घर जान चाहनेहरुका लागि दुई दिनको समय दिएर कडा बन्द गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणको लागि एक हप्ता कडा बन्द गर्ने तयारी भइरहेको जानकारी बेलुकासम्म सार्वजनिक गरिने बताउनुभयो ।

सोमबार बिहान बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकमा कोरोनाको चेन ब्रेक गर्नको लागि एक हप्ता कडा बन्द गर्ने प्रस्ताव आएको उहाँले बताउनुभयो। 

आफूहरूले अनुगमनलाई कडा बनाएको बताउँदै नागरिकलाई घर फर्कने समय दिएर बन्द गरिने उहाँको भनाइ छ । घर फर्कनेहरूलाई विगतमा जस्तो सास्ती नहोस् भन्नका लागि केही समय दिएर मात्र बन्द गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । यसबारे आज बस्ने मन्त्रिपरिषको बैठकले पनि थप निर्णय गर्न सक्ने बुझिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : २५ बजे