एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

“खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारण हुने

काठमाडौं – वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड “खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी द्धारा संचालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण  भइरहेकोछ । एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ । लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन् ।

वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका निर्देशक मनोज अग्रवाल भन्नुहुन्छ “फुटबल नेपालको एउटा लोकप्रिय खेल हो र एपीवान टेलिभिजन मार्फत प्रसारण हुने यो उत्साहजनक फुटबल लिगमा जोडिन पाउँदा हामी निकै खुशी भएका  छौं । यो टुर्नामेन्टले नेपालका उदायीमान युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ, जसलाई लाखौं दर्शकहरूले हेर्नेछन । वल्र्डलिंक सधैं आफ्ना प्रिय ग्राहक महानुभावहरूको जीवनलाई उल्लासमय बनाउने मौकाको खोजीमा हुन्छ । नेपाली जनतालाई उत्साहित बनाउन र मनोरञ्जन दिन यो टुर्नामेन्ट पनि त्यस्तै एउटा भव्य अवसर भएको छ ।”

खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुने भए पनि दर्शकहरू चाहिं त्यहाँ हुनेछैनन् । कोरोना महामारीको यो वेला एपीवान टेलिभिजनले दर्शकहरूका लागि फुटबल खेलको मनोरन्जन घरघरमै पु¥याइरहेकोछ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : १४ बजे