रुपन्देही । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गर्नुभएको हो ।
प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख यादवले दुई वटा अध्यादेश जारी गरेसँगै सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको हो ।
सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताउनुभयो । उहाँका अनुसार राजकाज नै नचल्ने गरी अवरोध आएपनि अध्यादेश ल्याउनुपरेको बताउनुभयो ।
उहाँले आजैबाट प्रदेशभरी भैपरी आउने खर्च र उठाउनुपर्ने राजश्व नै अन्यौलमा पर्ने अवस्था आएपछि अध्यादेश ल्याउनुपरेको बताउनुभयो ।
सहमतिमा बजेट पास गर्न बिहीबार विपक्षीलाई गरेको आग्रह तथा थप समय माग्दा विपक्षीले नदिएपछि एमालेले सदन बहिस्कार गरेर बाहिरिएको थियो । सरकारले बिहीबार राती नै बजेट अधिवेशन अन्त्य गरेकाने थियो ।
प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ११ : ४२ बजे
प्रतिक्रिया