प्रचण्ड, नेपालपछि विप्लवको भेटघाट आज बाबुरामसँग 

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीमा महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक गतिविधिलाई बढाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेका उनले आज जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका छन् । पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाका साथ जनयुद्ध कालका सहयोद्धा डा. भट्टराई भेट्न विप्लव आज बिहान टोखास्थित भट्टराई निवास पुगेका हुन्। 

नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए ।
 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : १९ बजे