‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गण्डकी प्रदेशमा चारजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा ४ जना  कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङजा, म्याग्दी, कास्कीका दुईगरि थप चार जनाको मृत्यु भएको हो।

निर्देशनालयका अनुसार स्याङजाको वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुष, म्याग्दीका ७८ वर्षका पुरुष, कास्कीका ९१ वर्षीय पुरुष र कास्कीकै ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५  पुगेको छ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ०४ बजे