‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्पष्टीकरण पत्र : गल्ती महशुस गर्दै नदोहोर्‍याउने प्रतिबद्धता आए स्वागत

नेकपा एमाले पार्टीको निर्णय अनुरूप वरिष्ठ नेता माधव कुमार नेपालसहित चार जनालाई सोमबार लिखित स्पष्टीकरण सोधिएको पत्र उहाँहरूको ठेगानामा पठाइएको छ । वरिष्ठ नेता माधव नेपाल र सुरेन्द्र पाण्डे घनश्याम भुषालका सहयोगीले स्पष्टीकरण पत्र बुझेका छन् भने भीम रावलको पोष्ठ बक्स ठेगानामा उत्त पत्र हालिएको छ ।  किनकि रावलले पत्र लिन मानेनन् । नेता नेपालसहित चारै जनालाई सोधिएको स्पष्टीकरण पत्रमा पार्टी विरोधी गतिविधि गरेको पार्टी नेतृत्व विरुद्ध गम्भीर खालका लाञ्छना लगाएको पार्टी समान्तर भेला र बैठकहरू गरेको र पार्टी फुटाउने उद्देश्यले त्यसलाई प्रषयदिने खालका क्रियाकलाप गरेको उल्लेख छ । त्यतिमात्र होइन, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँगको परामर्शमा एमालेभित्र अध्यक्ष ओलीको विरुद्ध गुटबन्दी गर्ने र अन्तरसंघर्ष चर्काउँदै एमालेलाई तहसनहस पार्न पार्टीमै फर्कने भनेको के हो भन्दै त्यसको जवाफ पनि मागिएको छ । 

वरिष्ठ नेता नेपालको हकमा पार्टी विभाजनको नेतृत्व गरेको र निर्वाचित नेतृत्वलाई नमानेको विषय बनाइएको छ भने अरू तीनजना नेताको हकमा पार्टी विरोधी गतिविधिको मतियार बनेको र एमालेलाई कमजोर पार्न लागेको उल्लेख छ । अझ नेता रावलका सन्दर्भमा पार्टीको सुदूरपश्चिम प्रदेशको बैकमा रहेको रकम हिनामिना गरेको भन्दै त्यसमा समेत जवाफ दिन भनिएको छ । 

एमाले बनाउन नेता नेपालसहित चारैजनाले भूमिका खेलेको कुरा यथार्थ नै हो । पार्टीभित्र विवादहरू हुने र स्वास्थ्य प्रतिस्पर्धा मार्फत तीनको समाधान र निरूपण हुने प्रजातान्त्रिक अध्यास नै हो । त्यही अभ्यास अन्तर्गत माधव नेपाल १५ वर्ष पार्टीको महासचिव हुनुभयो भने अन्य नेताहरू क्रमशः आफ्नो हैसियत अनुसार पार्टीको केन्द्रीय राजनीतिमा विभिन्न ओहोदामा रहनुभयो । त्यही प्रक्रिया अन्तर्गत केपी शर्मा ओली नेकपा एमालेको नवौँ महाधिवेशनबाट पार्टी अध्यक्ष र संसदीय निर्वाचनबाट देशको प्रधानमन्त्री बन्नुभएको हो । १५ वर्ष नेता नेपालले पार्टी चलाउँदा त्यसलाई ओलीले चुपचाप स्विकार्नु भएको थियो । अहिले ओली अध्यक्ष र प्रधानमन्त्री भएको नेता नेपाल र उनी पक्षका केही नेताले स्वीकार गर्न नसक्नु ओलीको कमजोरी होइन, त्यो उहाँहरूको कमजोरी हो । पार्टीको विधान, प्रक्रिया, पद्धति केहीपनि नमान्ने, गुटको भेला गदै हिँड्ने, निर्वाचित पार्टी अध्यक्षलाई नमानेर प्रचण्डको पिछलग्गु कार्यकर्ता हुँदै पार्टी ध्वस्त पार्न लाग्ने र सरकारले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गरेका कामहरूको स्वामित्व नलिई जनविरोधी गतिविधि गर्ने नेताहरूलाई सोधिएकोस्पष्टिकरण सही छ । 

यदि माधव नेपालसहितका यी चार नेता वास्तवमै एमालेलाई प्रभावकारी पार्टी बनाउन चाहन्छन्, पार्टीभित्र आन्तरिक एकता कायम गर्न चाहन्छन् र प्रचण्डका कार्यकर्ता नभएर एमालेकै नेता बन्न चाहन्छन् भने तोकिएको समय सीमाभित्र सोधिएका प्रश्नको प्रष्ट जवाफ दिनुपर्छ । एमाले र माओवादीको एकतापछि नेपाल कम्युनिष्ट पार्टीको निमार्णसँगै यी तीन वर्षमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डको सहयोगमा र प्रचण्डलाई उचालेर गरिएका क्रियाकलाप र सार्वजनिक अभिव्यक्ति प्रति गल्ती महसुस हुनुपर्छ । तीन वर्षमा जसरी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई खराब नेताको रूपमा उहाँले चित्रण गर्नुभएको छ त्यसमा गल्ती भएको भन्दै क्षमा याचनासहित अब चुपचाप उहाँलाई नेता मान्न तयार रहेको प्रतिबद्धता समेत आउनुपर्छ । त्यस्तै प्रचण्डले सार्वजनिक रूपमा दिइएका अभिव्यक्ति, जस्तो माधव जी हरुले कि एमाले कब्जा गर्नुहुन्छ, वा विद्रोह गरी माओवादीमा आउनुहुन्छ भन्ने खालका घातक जालझेल र षडयन्त्रले भरिएका त्यस्ता सोच र अभिव्यक्तिहरू प्रति भर्त्सना गदै त्यसबाट आफूलाई अलग रहेको सार्वजनिक उदघोष पनि गर्नुपर्छ । 

माधव सहितका चार नेताले बुझ्नुपर्छ अब अध्यक्ष ओलीविरुद्ध लड्ने नैतिक र वैचारिक सामर्थ्य उहाँहरूसँग छैन । जनमत र कार्यकर्ताको तानाले ओलीको विकल्प पार्टीभित्र र बाहिरबाट अहिले कोही हुन सक्दैन भन्ने प्रष्ट भइसकेको छ । तसर्थ उहाँले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मानेर उहाँको निर्देशनमा सङ्गठन निमार्णमा जुट्छु भन्ने सार्वजनिक रूपमा क्षमायाचना सहितको प्रतिबद्धता आउनुपर्दछ यति गरेमा उहाँहरू एमालेमा नेताकै रूपमा रहनसक्नु होला होइन भने उहाँहरूलाई पार्टीको नेता मान्न समस्या आउन सक्छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : ५९ बजे