साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सावित्राको घुँडाको सफल शल्यक्रिया

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको दोहास्थित अप्सेटर अस्पतालमा आज उहाँको घुँडाको शल्यक्रिया गरिएको हो । भण्डारीको उपचारमा कतार फुटबल सङ्घले सहयोग गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

    गत वर्ष महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा उहाँलाई चोट लागेको थियो । दश दिनको क्वारेन्टिनपछि उहाँ यसैसाता उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो । भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध हुनुहुन्छ । सो लिगमा उहाँले १० खेलमा ४३ गोल गर्नुभएको थियो । यसअघि एन्फाको पहलमा राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार गरिएको थियो । 

रासस

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ९ : ३२ बजे