यस्तो छ आजको विनिमय दर

थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार २५६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

 यस्तै, चार हजार ५१२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ४६३ जनाको मृत्यु भैसकेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ५७५ जना सङ्क्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ५ : ०९ बजे