यस्तो छ आजको विनिमय दर

दुई आयोग र पदाधिकारीको म्याद थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले दुई वटा आयोग र त्यसका पदाधिकारीको समयावधि थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसेको मन्त्रिपरिषद बैठकले द्वन्द्वकालीन मुद्दा समाधान गर्न भन्दै गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो ।

दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ४ : ५७ बजे