यस्तो छ आजको विनिमय दर

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा साउन १० गतेसम्म थपियो, सवारी साधनले बिना पास उपत्यका भित्रिन पाउने (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थपिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भर्खरै सकिएको बैठकले उक्त निर्णय गरेको हो । 

लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने भएका छन् । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ४ : ०९ बजे