सुनको मूल्यमा नयाँ कीर्तिमान

सरकारमा नजाने जनमोर्चाको निर्णय

काठमाडौं– राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बाहिरैबाट देउवा सरकारलाई समर्थन रहने बताउनुभयो ।

‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भन्नुभयो, ‘तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ ।’

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : २९ बजे