सुनको मूल्यमा नयाँ कीर्तिमान

देउवा सरकारको पहिलो उपहार : बढाइयो २८ प्रतिशत सवारी भाडादर

काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । 

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । 

सरकारमा पाइला टेकेकै भोलीपल्ट सरकारले यातायातका साधनमा लाग्ने भाडा बढाएका हो ।  अघिल्लो सरकारको थाप्लोमा दोष हाल्न सजिलो हुने भन्दै रातारात सार्वजनिक यातायातको भाडादर बढाइएको  यातायात व्यवस्था विभागका अधिकारीले बताएका छन् ।

बढाइएको भाडामा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ४ : ३४ बजे