यस्तो छ आजको विनिमय दर

कालीगण्डकी डाइभर्सनसम्बन्धी कार्य अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं– सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरू निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीले कालीगण्डकी नदी संरक्षणका लागि विभिन्न आदेश माग गर्दै रिट दायर गरेका थिए ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ३ : ५४ बजे