सुनको मूल्यमा नयाँ कीर्तिमान

कोटेश्वरमा युवाले जलाए माधव नेपालको पुत्ला (तस्बिरसहित) 

काठमाडौं । नेकपा एमालेका युवाहरुले नेता माधव कुमार नेपालको पुत्ला दहन गरेका छन् ।  युवाहरुले माधव चोर देश छोड भन्दै नारवाजी गरेर कोटेश्वरको चोकमा माधव नेपालको पुत्ला दहन गरेका हुन् ।

आफ्नै पार्टीको सरकार ढालेको र विपक्षीहरुसँग साँठगाँठ गरेको भन्दै एमालेका युवा कार्यकर्ताहरुले  नेता माधव नेपालको पुत्ला जलाएर विरोध गरेका हुन् ।

युवाहरुले पुत्ला दहन गर्न लागेपछि प्रहरीले रोक्न खाजेको थियो । केही समय युवा र प्रहरीबीच सामान्य झडप भए पनि अहिले परिस्थिति सामान्य बनेको छ । 

​​​​​​​

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ३ : १७ बजे