‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

खैरेको हत्यारालाई कारवाही माग

काठमाडौँ – खैरेलाई हिर्काएर मारेका विरोधमा  दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए । 

रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना अधिकारीले  पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बिजुलीको खम्बामा खैरेलाई बाँधी दुई पुरुषले कोदालो र फलामको रडले टाउकामा हिर्काएर  हत्या गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

अधिकारीले खैरेको हत्यारा पक्राउ नभए सशक्त आन्दोलन गरिने चेतावनी दिँदै कुकुरको हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष किटानी जाहेरी दिइएको आइतबार जानकारी दिनुभयो ।  नेपालमा पशुपन्छी संरक्षण ऐनानुसार जनावरका हत्यारालाई तीन महिनासम्म थुन्ने र रु पाँच हजार जरिवाना हुनेछ ।
 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : ३४ बजे