काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नुभएको छ ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओलीले आज साढे ११ बजे बालुवाटार छोडनुभएको हो । उहा बालुवाटारबाट निस्कँदा गेटदेखि नै कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ।
प्रकाशित मिति : ३० असार २०७८, बुधबार १२ : २२ बजे
प्रतिक्रिया