‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उपत्यकामा कडाइ : मास्क नलगाउने १३ सय २५ जना कारबाहीमा

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तिव्ररुपमा फैलिँदै गएसँगै उपत्यकामा प्रहरीले थप कडाइ गर्न सुरु गरेको छ। 

प्रहरीले सोमबार (आज) मास्क नलगाइ हिँडेका १३ सय २५ जनालाई केही समय होल्डिङ सेन्टरमा राखेर सम्झाइबुझाइ गरि पठाएको छ।  

संक्रामक रोग  रोकथाम तथा नियन्त्रणका लागि संक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोगगरी मास्क नलगाई हिँडनेहरुलाई होल्डिङ सेन्टरमा राखेर सम्झाइबुझाइ गरेर पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमार वस्नेतले जानकारी दिनुभयो। 

आजै १००३ पुरुष र ३२२ महिलालाई  होल्डिङ सेन्टरमा राखेर सम्झाइबुझाइ गरेर पठाइएको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : ३३ बजे