सुनको मूल्यमा नयाँ कीर्तिमान

ओलीको प्रशंसा गर्दै कमल थापाले भन्नुभयो, जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना

काठमाडौं । देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधनपछि  राप्रपाका अध्यक्ष कमल थापाले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको कामको प्रशंसा गर्नुभएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अविस्मरणीय योगदानको चर्चा गदै उहाँ भन्नुहुन्छ ,‘लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको चुच्चेुनक्सा निर्माण तथा पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश गराउन खेल्नुभएको योगदान विर्सन नसकिने छ ।’ उहाँले निर्वतमान प्रधानमन्त्री ओली जनताबाट निर्वाचित तर अदालतको फैसालाले पराजित भएको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ,–‘जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना’ ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : १८ बजे