मौन अवधि सुरु, के गर्न पाइँदैन

थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप  २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ११ हजार १२ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप २ हजार ७८  जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २६ हजार २६१ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  १२ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ४१२  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : ११ बजे