सुनको मूल्यमा नयाँ कीर्तिमान

एउटै दलका नेता सत्ता र प्रतिपक्षमा बस्ने परिपार्टी कहि हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै दलका नेता सत्ता र प्रतिपक्षमा बस्ने परिपार्टी कहि नभएको बताउनुभएको छ । देशवासीका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले माधव नेपालप्रति लक्षित गदै पार्टीको चुनाव चिन्ह प्रयोग गरेर चुनाव जितेका सांसदहरूले सरकार बनाउन आफू खुसी निर्णय गर्न पाउछन् भन्ने सर्वोच्चको व्याख्याले दलीय व्यवस्थामा नै चुनौती थपेको बताउनुभयो ।

प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसलाले दलिय व्यवस्था बलियो भयो कि कमजोर भन्ने प्रश्न उठाउनुभएको छ । ‘खेल खेलाडीले खेल्ने हो । तर, रेफ्रीले खास पक्षलाई जिताउने आकांक्षा राख्दा खेलको नियम बिग्रन्छ,अहिलेका विषय राजनीतिक मुद्धा हुन् तर न्यायलय धेरै तलसम्म प्रवेश गरेको छ ।’ प्रधानमन्त्रीले भन्नुभयो

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  २ : ४८ बजे