‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सात वर्षीया बालिकालाई करणी गर्ने ६६ वर्षीय पुरुष पक्राउ

ललितपुर – सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका-१ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई सोमाबर दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : ३४ बजे